Posts

Showing posts from May, 2026

Pale Blue Dot - Our Home World (Nepali Translation)

Image
  त्यो बिन्दुलाई फेरि हेर्नुहोस्। त्यो यहाँ छ। त्यो घर हो। यसमा तपाईंले माया गर्ने सबैजना , तपाईंले चिन्ने , तपाईंले सुनेका सबै मानिसहरू , मानव इतिहासमा जन्मिएका हरेक व्यक्तिले आफ्नो जीवन यसमा बिताए। हाम्रो सम्पूर्ण खुशी र पीडा , हजारौं आत्मविश्वासी धर्महरू , विचारधाराहरू र आर्थिक सिद्धान्तहरू , हरेक शिकारी र चारा , हरेक वीर र कायर , सभ्यताको हरेक सर्जक र विनाशक , हरेक राजा र किसान , प्रेममा परेका हरेक युवा जोडी , हरेक आमा र बुबा , आशावादी बालक , आविष्कारक र खोजकर्ताहरू , नैतिकताको शिक्षा दिने हरेक गुरु , हरेक भ्रष्ट राजनीतिज्ञ , हरेक “ महानायक ,” हरेक “ सर्वशक्तिमान् शासक ,” मानव जातिको इतिहासका हरेक सन्त र पापी — सबै मानव जातिको इतिहास त्यहीँ बित्यो — सूर्यको एक मधुर किरणमा निलम्बित धुलोको सूक्ष्म कणभित्रै। यो पृथ्वी विशाल ब्रह्माण्डीय रंगमञ्चमा रहेको अत्यन्त सानो मञ्च मात्र हो। सोच , ती सबै सेनापति र सम्राटहरूले गौरव र विजयको नाममा त्यो बिन्दुको सानो अंशमाथि क्षणिक...